टाइम्सलाई बास्केटबलको उपाधि

काठमाडौं । टाइम्स इन्टरनेसनल कलेजले ह्वाइटहाउस अन्तरकलेज यु–१८ बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

फाइनलमा टाइम्सले जेभियर इन्टरनेसनल कलेजलाई ६८–३८ ले सहजै पराजित ग¥यो । टाइम्सका जसमान तामाङले २० अंक जोडे । पहिलो क्वाटरमा १९–९ को अग्रता लिएको टाइम्सले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै जित अन्तरलाई फराकिलो बनायो ।

टाइम्सले दोश्रोमा १६–१४, तेश्रोमा २६–११ र चौथोमा ७–४ अंक जोड्यो ।

टाइम्सका जसमान तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । प्रतियोगिताभर ६५ स्कोर गरेका जेभियरका सुनिल थापा सर्वाधिक स्कोरकर्ता बने ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष तिम्सिनाले बास्केटबलको गतिविधिलाई व्यापक बनाउन शैक्षिक क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउदै विद्यालय तहकै खेलकुदबाट प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने भएकोले यस्ता गतिविधिलाई प्रोत्साहन गर्नु पर्ने धारणा व्यक्त गरे ।

सोमवाररदेखि शुरुप्रतियोगितामा ८ ब्वाइज टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?