शहिद स्मृति कप फुटबल : दाउफिन्स क्लब सेमिफाइनलमा प्रवेश

काठमाडौं । क्यामरुनको दाउफिन्स क्लब  दोस्रो शहिद स्मृति कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

आइतवार सम्पन्न भएको अन्तिम क्वाटरफाइनल खेलमा शसस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।  

दाउफिन्सको लागि यान्निक ओवानाले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । उनले खेलको ६८ मिनेटमा गोल गरे । निर्धारित समयसम्म एपीएफले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन । अब दाउफिन्सले थ्री स्टार र सरस्वती क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

मोफसल प्रतियोगिता खेल्न नेपाल आएको दाउफिन्सले अहिलेसम्म चार उपाधि जितिसकेको छ । प्रतियोगिताको विजेताले ८ लाख तथा उपविजेता टिमले ४ लाख प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?