‘आइपिएल’ क्रिकेट : कोलकत्ता नाइट राइडर्सको रोमाञ्चक जित, हैदरावाद ६ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग ‘आइपिएल’ क्रिकेटमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ । 

आइवार सम्पन्न भएको खेलमा कोलकत्ताले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको हो । १ सय ८२ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको कोलकत्ताले १९ दशमलब ४ ओभरमा मात्र ४ विकेट गुमाउँदै निर्धाति लक्ष्य पुरा ग-र्यो ।

कोलकत्ताको लागि ओपनर ब्याट्सम्यान नितिस रानाले ६८ रन, आन्द्रे रसेलले ४९ रन, रोबिन उथ्थपाले ३५ रन तथा सुभमन गिलले नटआउट १८ रनको योगदान दिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रनको योगफल तयार पारेको थियो । हैदरावादका लागि डेभिड वार्नरले अर्धशतकीयपारी खेले , उनले ८५ रन जोडे ।

त्यस्तै विजय शंकरले ४० तथा जोनी ब्रैसटोले ३९ रन बनाए । कोलकाताका आन्द्रे रुसेलले २ तथा पियुस चवालाले १ विकेट लिए । जितपछि कोलकत्ताले महत्वपूर्ण २ अंक जोडेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?