विप्लव समूहका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ पक्राउ परेका छन् । 

प्रहरीले आइतवार राति पूर्वी क्षेत्रबाट कोशी ब्यूरो संयोजक पुष्कर पक्राउ परेका हुन् ।

सरकारले केही दिनपहिले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसलगत्तै देशव्यापी रुपमा प्रहरीले विप्लव समूहका नेता तथा कार्यकर्तामाथि निगरानी बढाएको हो । 

श्रेष्ठ काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष तथा तत्कालीन माओवादीका ब्यूरो सदस्य समेत हुन् । 

स्रोतका अनुसार उनलाई आजै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । 

यसैबीच, शुक्रवार राति काभ्रेबाट विप्लव समूहका तेस्रो वरीयताका नेता तथा मध्य क्षेत्रीय कमान्ड इञ्चाज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित ८ जनालाई पक्राउ गरिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?