कांग्रेस संसदीय दलको बैठक बस्दै, तेस्रो अधिवेशनबारे समीक्षा हुँदै

काठमाडौं । नेपाली कांग्रेसले संसदको तेस्रो अधिवेशनको समीक्ष गर्न संसदीय दलको बैठक बोलाएको छ । 

संसदको तेस्रो अधिवेशन हिजो (अइतवार)बाट सकिएको हो । अधिवेशन साकिएको भोलिपल्ट अर्थात् आज (सोमवार) अधिवेशनको समीक्षा गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बस्नेछ । त्यस्तै बैठकमा तीन महिना चलेको तेस्रो अधिवेशनमा पार्टीको उपस्थिति र प्रभावकारीताबारे छलफल हुने कांग्रेस सचेतक पुष्पा भुषलले जानकारी दिए । 

यसैबीच, कांग्रेसले चौंथो अधिवेशन पूर्व सम्पूर्ण सांसदलाई गाउँ पठाउने भएको छ ।

पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै कांग्रेसले सबै सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा गएर जनअपेक्षा अनुसारका कामबारे जानकारी लिन समेत निर्देशन दिने भएको हो । 

साथै बैठकमा राष्ट्रिय राजनीतिका विभिन्न विषयमा समेत छलफल हुने सचेतक भुषासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?