दमनको नीतिबाट राजनीतिक आवाजको समाधान खोजिनु हुँदैनः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले मुलुकिभत्रका असन्तुष्टिहरुलाई वार्ताबाटै सामाधन गर्नुपर्ने बताएका छन् । 

सोमवार प्रेस युनियन झापा जिल्लाले आयोजना गरेको अन्तरक्रियामा नेता सिंहले मुलुकभित्र उठेका राजनीतिक आवाजहरुको समाधान दमनबाट नभई वार्ता र छलफलबाटै गर्नुपर्नेमा जोड दिए । 

कांग्रेसले शुरु गरेको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै जिम्मेवार हुनुपर्ने उनले बताए । 

नेता सिंहले कांग्रेसलाई बलियो र सशक्त पार्टी बनाउन देशभरका नेता कार्यकर्ताहरुसँग राय सुझावका लागि आफु जिल्ला जिल्लामा निस्किएको बताए ।

बलियो र सशक्त काँग्रेसको संगठन निर्माण गरेर मात्र मुलुकमा देखिएका चुनौति सामना गर्न सकिने तर्फ जिम्मेवार बन्न पनि सिंहले नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?