सुनको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा आज (सोमवार) सुनको मूल्यमा वृद्धि भएको छ । साताको पहिलो दिन आइतवार तोलामा ६० हजार ४ सयमा कारोबार भएको सुन सोमवार ६० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।  

यस्तै तेजावी सुन तोलामा ६० हजार ३ सयमा कारोबार भएको छ । 

यस्तै चाँदी आज ७ सय ४० मा काराबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?