कोटेश्वर र बानेश्वर चोकमा आकाशे पुल बनाइने

काठमाडौं । पैदलयात्रुको धेरै चाप हुने क्षेत्र काठमाडौंको कोटेश्वर र बानेश्वर चोकमा आकाशे पुल बन्ने भएको छ । 

पैदलयात्रीलाई समस्या भएको र ट्राफिक जाम व्यवस्थापन गर्न मुस्किल परेपछि दुबै स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको हो । दुवै चोकमा अस्थायी प्रकृतिको पुल बनाइन लागिएको हो । कोटेश्वर र बानेश्वर चोकमा अन्डरपास बनाउने योजना रहेकाले स्थायी संरचनासहितको पुल नबनाइने सडक विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठले जानकारी दिए । 

उनले भने, ‘अस्थायी पुल बनाउनका लागि अहिले सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौंले निर्माण कम्पनी छानेको छ, तर, ठेक्का सम्झौता भने हुन बाँकी छ ।’

प्रकृति पवन जेभीले यी दुई स्थानमा पुल निर्माणको काम गर्नेछ । आउाँतयार गर्नेछन् । विभागले एक-दुई हप्ताभित्रै कम्पनीसँग सम्झौता गर्ने तयारी गरिरहेको छ । 

सम्झौता भएको ६ महिनाभित्र पुल बनिसक्नेछ । बानेश्वरको पुलका लागि ३ करोड ५२ लाख तथा कोटेश्वरको लागि २ करोड ९० लाख रकम खर्च हुने अनुमान गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?