भलिबल खेल्ने क्रममा झगडा हुँदा युवकको मृत्यु

काठमाडौं । भलिबल खेल्ने क्रममा झगडा हुँदा एक युवकको मृत्यु भएको छ । आइतवार दिउँसो भलिबल खेल्ने क्रममा झगडा हुँदा सिकिस्त घाइते भएका सुर्मा गाउँपालिका ५ का १८ वर्र्षीय आनन्द विकको आज मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डियसपी प्रविण धितालले भलिबल खेल्ने क्रममा विवाद भइ झगडा हुँदा सिकिस्त घाइते भएका विकको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज तर्फ रेफर गरिएको र सोमवार बिहान अत्तरिया नपुग्दैबीच बाटोमा नै मृत्यु भएको जनाएका छन ।

झगडा गर्ने स्थानिय युवाहरु भने फरार रहेका र उनको खोजी कार्य जारी रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?