हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लवलाई कांग्रेसको आग्रह

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण वातावरणमा आउन नेपाली कांग्रेस आग्रह गरेको छ । 

सोमवार बसेको कांग्रेस संदसीय दलको बैठकले विप्लव समूहलाई हत्या, हिंसा र हतियारको राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन कांग्रेसले आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए  । 

साथै बैठकले विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्ध गलत भएको निष्कर्ष निकालेको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएर झन् उत्तेजित बनाउने काम गरेको कांग्रेसले बताएको छ । 

यसैगरी कांग्रेस संसदीय दलको बैठकले संसदको हिउँदे अधिवेशनमा प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम शुरु भए पनि प्रभावकारी नभएको ठहर गरेको छ ।

‘संसदको हिउँदे अधिवेशनमा प्रश्नोत्तरका कार्यक्रम शुरु भए तर, मन्त्री र प्रधानमन्त्री भाग्न खोजुभयो, यो विषयलाई हामीले त्यसबेला पनि उठायौं, अर्को अधिवेशनमा पनि उठाउछौं’ प्रमुख सचेतक खाँणले भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?