सरकारले जनतालाई धोका दियो : अध्यक्ष अंसारी

काठमाडौं । वर्तमान सरकारले नेपाली जनतालाई धोका दिएको नेपाल संघिय समाजवादी पार्टिका अध्यक्ष मोहम्मद रिजवान अन्सारीले बताएका छन् ।

सर्लाहीको मलङ्गवामा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेपालका कम्यूनिष्टहरुले आफ्नो सिद्धान्त छोडेर केवल सत्ता र कुर्सीको राजनीति मात्रै गरेकोले आफु मन्त्रिपदको त्याग गरी शोषित,उत्पिडितको पक्षमा उभिएको बताउदै  अहिले मुलुक पुँजीपतिको भएको र गरीब जनता मतदाता र करदाता मात्रै भएकोले आफ्नो पार्टी गरीब निमुखाको पक्षमा काम गर्ने उनको भनाई छ । 

अध्यक्ष अन्सारीले मुलुक अहिले गम्भिर संकटबाट गुज्रिरहेको बताउँदै सरकारले मुलुकलाई भ्रष्टाचारमा चुर्लुमै डुबाएकोे आरोप लगाए ।

उहाँले सरकारका हरेक प्रकारका भ्रष्टाचारको आफुहरुले पर्दाफास गरेर त्यसको प्रतिकार गर्ने बताए ।

वर्तमान सरकारले भोट माग्ने बेला नेपाली जनतासँग मुलुकमा सुशासन दिने , भ्रष्टाचारको अन्त्य गरी नयाँ नेपाल बनाउने वाचा गरेका थिए तर अहिले त्यसको विपरीत मुलुक भ्रष्टाचार गर्नेको मात्रै बनेको टिप्पणी गर्दै सरकारले मुलुकमा पुनः द्धन्द निम्त्याउन खोजेको आरोप लगाए । 

अध्यक्ष अन्सारीले नेपालमा सयकडौ बर्षदेखि मधेशी जनता शोषित र उत्पीडित रहेको उल्लेख गर्दै मधेश आन्दोलनताका तथाकथित मधेशवादी दलले सम्झौता उधार होइन नगदमा नै गर्नु पर्ने , संविधान संशोधन होइन पुनर्लेखन हुनु पर्ने , अभि नहि तो कभि नहि जस्ता नारा लगाएर मधेशी जनतालाई ठगेको आरोप लगाउदै खोई संशोधन त परको कुरा एक अक्षरपनि संविधानमा बदलिएन, के. पी. ओलीलाई  प्रधानमन्त्रि बनाउन  भोट हाल्दा मधेसी शहिदको अपमान गरी अहिले नि सरकारको स्वाद लिदै आइरहेकाले मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन नसकने उल्लेख गदै यस्ता मुद्धा विसजर्नबादीले पटक पटक सता र कुर्शीको लागि मधेशी जनतालाई ठगेको आरोप लगाउनुभयो । 

उहाँले काग्रेस, कम्यूनिष्ट र मधेशीवादी दलले विगत  सतरी बर्षदेखि शासन गर्दै आइरहेको त्यसबाट तिस बर्षे पन्चायती शासन ब्यवस्थालाई हटाइदिने हो भने लगभग चालिस बर्ष देखि यिनिहरुले नै शासन गर्दै आइरहेको बताउँदै सोधे जनताले के पाए ? 

यति समयमा मलेसिया र अन्य मुलुक कहाँ देखि कहाँ पुगिसके तर हाम्रा शासकले दिए त बेरोजगारी ,द्धन्द र वैदेशिक रोजगारी जसले गर्दा दिनहुँ जसो विदेशबाट बाकसमा बन्द भएर लाश आउने गरेको छ , यसबाट के आस गर्न सकिन्छ ? एक अर्को प्रसंगमा अध्यक्ष अन्सारीले  अहिलेको संघीयता नभएर नेपाली जनतासँगको धोका हो । अहिलेको मुख्यमन्त्रिले एउटा सिडियोसम्म बदल्न सक्दैन भने उसले प्रदेशमा कसरी शान्ति स्थापना र सुशासन कायम गर्न सक्छ त भनि प्रति प्रश्न गरे । 

अध्यक्ष अंसारीले मधेशको आन्दोलन केही मथ्थर मात्रै भएको भन्दै अब मधेशी जनता पुनः शसक्त भएर आफ्नो अधिकारका लागि लड्ने जिकिर गर्दै अब नेपाली जनताले राजनीतिक परिवर्तन चाहिरहेको छ ,पहिचान ,समाजिक न्याय ,समानता र  मुलुकलाई निकास दिन सम्पुर्ण नेपाली एक ढिक्का भएर अगाडी बढनु पर्नेमा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?