हङकङमा सुजनले जिते कास्य पदक

काठमाडौं । नेपालका सुजन गुरुङले हङकङमा सम्पन्न एशियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेका छन् ।

हङकङस्थित कोवलोन स्पोर्ट्स पार्क सेन्टरमा सम्पन्न च्याम्पियनसिपअन्तर्गत फाइटतर्फ गुरुङले कास्य पदक दिलाएको नेपाली टोलीका व्यवस्थापक कुमार लामा घिसिङले जानकारी दिएका हुन् ।

फाइटको ५८ केजीमुनि तौलसमूहको सेमिफाइनलमा चीनका खेलाडी सिकोम किम्पोसँग ९–४ को स्कोरमा स्तब्ध भएपछि गुरुङले कास्य पदकमै चित्त बुझाए ।

त्यसअघि प्रि क्वाटरफाइनलमा सिंगापुरका नोचाम्बो लिकाओलाई ९–७ ले र क्वाटरफाइनलमा मंगोलियाका तोमातोरेट मिसिम्बोलाई १३–९ ले पराजित गर्दै गुरुङले नेपालको पदक पक्का गरेका थिए । राजु खड्काको प्रशिक्षणमा रहेका गुरुङ सेमिफाइनलमा भने चीनका खेलाडीको चुनौतीलाई पार गर्न नसक्दा कांस्यमै सीमित भए ।

नेपाली टोलीको हेड अफ टिममा राष्ट्रिय टिमका प्रशिक्षक समेत रहेका नोर्बु लामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?