आठौँ राष्ट्रिय खेलकुद : खेलकूदमन्त्रीद्वारा संरचनाको अवलोकन

बाँके । नेपालगञ्जमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि निर्माण गरिएका संरचनाको युवा तथा खेलकूदमन्त्री जगतबहादुर बिश्वकर्माले अवलोकन तथा निरीक्षण गरेका छन् ।

राष्ट्रिय खेलकूद परिषद्ले यही चैत २७ गतेदेखि प्रतियोगिता शुरु गर्ने तयारी गरेको छ । मन्त्री विश्वकर्मा पूर्वाधारण निरीक्षणका लागि नेपालगञ्ज गएका थिए । खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिना, सदस्य सचिव केशवकुमार विष्टसहित मन्त्री विश्वकर्माले बाँके र बर्दियामा निर्माण गरिएका संरचनाबारे जानकारी लिएका हुन् । 

मन्त्री विश्वकर्मा भौतिक पूर्वाधार निर्माणको अवस्थाबारे विश्वस्त भएपछि मात्रै राष्ट्रिय खेलकूदको औपचारिक रुपमा मिति तय हुने खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीले बताए ।

मन्त्री विश्वकर्माले नेपालगञ्ज रङ्गशाला परिसरमा स्थापना गरिएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको प्रतीक ‘मस्कट’ हात्तीको छावाको अनावरण समेत गरेका थिए । 

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रङ्गशालामा जडान हुने विशिष्ट अतिथि प्यारापिटको सामान सोमवार सो सामान चीनबाट आयात गरिएको हो । आज ‘मंगलवार’देखि प्यारापिट जडान शुरु हुने अध्यक्ष वलीले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?