एएफसी यू-२३ फुटबल छनोट : सान्त्वना जीतको खोजीमा नेपाल

काठमाडौं । जारी एएफसी यू-२३ फुटबल छनोटको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ । 

यसअघि भएको दुई खेलमा लगातार हार व्यहोर्दै छनोटबाट बाहिरिसकेको नेपालले सान्त्वना जीतको लागि आज अफगानिस्तासँग खेल खेल्दैछ । पहिलो जित निकाल्ने रणनीतिका साथ नेपाली टिम मैदानमा उत्रने तयारीमा छ ।

यी दुई टिमबीचको खेल नेपाली समयानुसार आज बेलुका पौने १० बजेपछि शुरु हुनेछ । अफगानिस्तानलाई हराएर नेपाल छनोटको सुखद अन्त्य गर्न चाहन्छ । अफगानिस्तान पनि आफ्नो दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । 

छनोटको समूह ‘ए’मा नेपाल अन्तिम स्थानमा छ भने अफगानिस्तान तेस्रो स्थानमा छ । यस समूहमा समान ६-६ अंक जोडेको कतार शीर्ष स्थानमा तथा ओमान दोस्रो स्थानमा रहेका छन् । 

छनोटको शीर्ष टोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिप खेल्ने मौका पाउने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?