बेँसिशहरमा आगलागी हुँदा ४० लाख भन्दा बढीको क्षती

लम्जुङ । लम्जुङको बेँसिशहर नगरपालिका ८ नारायणथानमा आगलागी भएको छ । 

आगलागीबाट ४० लाख रुपैयाँ भन्दा बढी क्षति भएको जनाएको छ । सोमवार मध्यराति लागेको आगो दमकलको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय लम्जुङका डिएसपी यादव ढकालका अनुसार आगलागीबाट उत्तर बहादुर परियारले सञ्चालन गरेको सर्टिङ-सुटिङ पसल र सो पसलसँगै रितेश थापाले सञ्चालन गरेको कम्प्युटर मर्मत गर्ने कोठामा क्षति भएको जानकारी दिए ।

जस्ताको छानो भएको ब्लकबाट निर्मित दुईवटा सटरमा कपडा र कम्प्युटर मर्मत पसल सञ्चालन गरिएको थियो ।

परियारले सर्टिङ-सुटिङ पसल जल्दा ४० लाख क्षति भएको दाबी गरेका छन् । यसैगरी थापाले कम्प्युटर मर्मत कोठामा भएको आगलागी साढे पाँच लाख क्षति भएको दावी गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?