युरो कप फुटबल छनोट : इंग्ल्याण्डद्वारा मोन्टेनेग्रो फराकिलो गोलले पराजित

एजेन्सी । युरो कप फुटबल छनोट अन्तर्गत इग्ल्याण्डले सहज जीत निकालको छ । 

सोमवार राति सम्पन्न भएको समूह ‘ए’मा रहेको इंग्ल्याण्डले मोन्टेनेग्रोलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको १६ औँ मिनेटमा मोन्टेनेग्रोका लागि भेसोभिकले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।

भेसोभिकले गोल गरेपछि निक्कै आक्रमक बनेको इंग्ल्याण्डका लागि ३० औँ मिनेटमा माइकल किनले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याएका थिए । ३९ औँ मिेनटमा रोस बाक्र्लीले गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाए ।

दोस्रो हाफमा थप सुधारिएको खेल खेलेको इंग्ल्याण्डका लागि बाक्र्लीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । खेलको ७१ औँ मिनेटमा कप्तान ह्यारी केनले गोल गरे । ८१ औँ मिनेटमाा रहिम स्ट्रलिङले गोल गरेपछि मोन्टेनेग्रो स्तब्ध बनेको थियो ।

छनोटमा इंग्ल्याण्डमा हात पारेको यो दोस्रो जीत हो । जीतपछि इंग्ल्याण्डले २ खेलबाट ६ अंक बनाएको छ । यसअघि भएको पहिलो खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई ५-० गोल अन्तरले पराजित गरेको थियो । 

त्यस्तै सोमवार राति नै भएको बुल्गेरिया कोशोभोबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ । यता टर्कीले माल्डोभाले ४-० गोल अन्तरले तथा युक्रेनले लक्जमबर्गलाई २-१ गोल अन्तरले हरायो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?