रोनाल्डो घाइते हुँदा पोर्चुगल सर्बियासँग बराबरीमा रोकियो

एजेन्सी । युरो कप फुटबल छनोटमा क्रिस्टियानो रोनाल्डो घाइते भएपछि पोर्चुगलले सर्बियासँग एक-एक गोलको बराबरी खेलेको छ । 

सोमवार राति सम्पन्न भएको ‘बी’ अन्तर्गतको खेलमा पोर्चुगल र सर्बियाले बराबरी खेल्दै समान एक-एक अंक बाडेका हुन् । खेल शुरु भएको ६ मिनेटमा नै सर्बियाले गोल गर्दै टिमलाई शुरुवाती लियो । डुसान टाडिकले गोल गरे ।

३१ औँ मिनेटमा रोनाल्डो घाइते भएपछि मैदानबाट बाहिरिएका थिए । सन् २०१६ को युरो कप च्याम्पियन पोर्चुगलले आफ्नो घरेलु मैदानमा सर्बियासँग बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको ४१ औँ मिनेटमा पोर्चुगलका ड्यानिलो परेराले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । रोनाल्डोबिना ५९ मिनेट खेल खेलेको पोर्चुगलले निर्धारित समयसम्म केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन ।

२ खेल खेलेको पोर्चगल २ अंकका साथ समूहको तेस्रो स्थानमा छ । ४ अंकका साथ युक्रेन पहिलो तथा ३ अंकका साथ लक्जमबर्ग दोस्रो स्थानमा छ ।

आइतवार राति नै भएको अर्को खेलमा अल्बानियाले एन्डोर्रालाई ३-० गोल अन्तरले पराजित ग-र्यो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?