कांग्रेसका नेता सिटौला अस्पतालबाट डिस्चार्ज

काठमाडौं ।  नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा सुधार भएपछि सिटौलालाई आज डिस्चार्ज गरिएको उनका सहयाेगी बलदेव तिमल्सिनाले जानकारी दिए ।

केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए । रगतमा हेमोग्लोबिनको कमी र रक्तचापमा समस्या देखिएको थियो ।

अस्पतालबाट बिदा हुँदै सिटौलाले उपचारमा संलग्न चिकित्सक, शुभेच्छुक र शुभचिन्तकप्रति आभार व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?