उर्जामन्त्री पुन र बङगलादेशी राजदूतबीच भेटवार्ता

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागी बङगलादेशी राजदूत मस्फी विन्ते सम्सबीच भेटवार्ता भएको छ । 

सिंहदरवारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले बङगलादेशी राजदूतबीच नेपाल र बङगलादेशको विचमा भएका सहमती र सहकार्यका बारेमा समेत छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ । 

मन्त्री पुनले बङगलादेशमा केही समय अघि मात्र नयां सरकार बनेको भन्दै नयां सरकारसंग उर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल ईच्छुक रहेको धारणा व्यक्त गरे । 

भेटमा बङगलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङगलादेशबाट निजी क्षेत्रको सहभागीता रहने जानकारी समेत दिए । उनले उर्जा क्षेत्रमा लगानीका लागी बङगलादेश सरकार ईच्छुक रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?