सरकारले बारम्बार जनतालाई झुक्यायो : महत

काठमाडौं । नेपाल टेलिकम वर्कर्स युनियन काठमाडौं क्षेत्रीय समितिको नवनिर्वाचित नेतृत्वले नवौं अधिवेशन सम्पन्न भएको केही दिनपछि सोमवार धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ । 

अधिवेशनले अचुत कुमार ओझाको अध्यक्षमा नया कार्यसमिति  चयन गरेपछि समिक्षासहित धन्यवाद ज्ञापन कार्यक्रम राखेको हो । कार्यक्रममा सहभागि प्रमुख अतिथि नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले  सरकारले सोझा नेपालीलाई काम नगरी कुरा मात्रै गरेर बारम्बार झुक्याइरहेको बताए । 

उनले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै सबै सचेत रहनुपर्ने आवशयकता पनि औंल्याए । 

कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद दिपेन्द्र श्रेष्ठ, नेपाल विद्यार्थी संघका पुर्वमहामन्त्री कुन्दन राज काफ्ले, प्रबन्ध निर्देशक डिल्ली राम अधिकारी  तथा सञ्जय कुमार दाहाल लगायतले आफ्नो धारणा राखेको  थिए । नवनिर्वाचित क्षेत्रीय अध्यक्ष ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सयौंको संख्यामा ट्रेड युनियनकर्मीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?