युरो कप छनोटमा फ्रान्सको शानदार जीत, आइसल्याण्ड स्तब्ध

एजेन्सी । ओलिभर गिराउड फ्रान्सेली टिमको तेस्रो सर्वाधिक गोल कर्ता बनेका छन् । 

सोमवार राति सम्पन्न भएको खेलमा फ्रान्सले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित ग-यो । उनले खेलको ८९ औँ मिनेटमा गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ३५ मा पु-याएका छन् ।

सन् २०२० मा आयोजना हुने युरो कप फुटबलमा फ्रान्सले दुई खेल खेल्दै ८ गोल गरिसकेका छन् । 

खेलको १२ औँ मिनेटमा युनिटीर्टी सामुयलले गोलको खाता खोले । पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको फ्रान्सले दोस्रो हाफमा थप तीन गोल ग-र्यो । ६८ औँ मिनेटमा ओलिभर गिरोउडले गोल गरे ।

त्यस्तै खेलको ७७ औँ मिनेटमा केलियन एमबाप्पेले गोल गरे । ८४ औँ मिनेटमा फ्रान्सका एन्थोनी ग्रिसम्यानले गोल गरेपछि आइसल्याण्ड स्तब्ध भएको थियो । समूह ‘एच’मा रहेको फ्रान्सले दुवै खेलमा जीत निकाल्दै ६ अंक बनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?