चीनबाट ठूलो संख्यामा विमानको अडर आएको एयरबसको घोषणा

एजेन्सी । पछिल्लो अमेरिकी विमान निर्माता बोइङ ७३७ म्याक्समा देखिएको समस्याका कारण संघर्षरत छ । बोइङको यस संकटको फाइदा उसको सबैभन्दा ठूलो प्रतिस्पर्धी एयरबसलाई पुगेको देखिएको छ ।

एयरबसले सोमबार चीनबाट ठूलो संख्यामा विमानको अडर पाएको घोषणा गरेको छ । घोषणा अनुसार चिनियाँ एयरलाइनहरुका प्रयोगको लागि ३०० यात्रुवाहक विमान खरिद गरिएको छ । फ्रान्समा भ्रमण रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार यस सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

अर्डर गरिएको कुल ३०० विमानमा २९० विमानहरु ए३२० मोडलका र बाँकी १० वटा विमानहरु ए३५० का छन् । एक विज्ञप्तिमा एयरबसले यो सम्झौता चीनको सम्पूर्ण क्षेत्रका हवाई बजारमा भइरहेको तीव्र विस्तारको बलियो संकेत बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?