फेडेरर मायामी ओपन टेनिसको चौथो चरणमा प्रवेश

एजेन्सी । स्विट्जरल्याण्डका रोजर फेडेरर जारी मायामी ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । 

मंगलवार सम्पन्न भएको पुरुष एकलतर्फको खेलमा तीन पटकका च्याम्पियन फेडेररले सर्बियाका फिलीप क्राजिनोभिकलाई २-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका हुन् ।

उनले खेलको पहिलो सेट ७-५ र अन्तिम सेट ६-३ ले आफ्नो पक्षमा पारेका थिए । फेडेररले यो प्रतियोगिताको उपाधि सन् २००५, २००६ र २०१७ मा उपाधि जितेका थिए ।

अब फेडेररले प्रि क्वाटरफाइनल प्रवेशको लागि रसियाका डानिल मेड्देभेडको सामना गर्नेछन् । फेडेररले यो सिजनमा १४ खेल जित्दै २ खेल गुमाएका छन् । 

त्यस्तै मंगलवार नै भएको अर्को खेलमा अस्ट्रेलियाका जोर्डन थोम्पसनले बुल्गेरिका ग्रिगोर डिभिट्रीलाई ७-५ र ७-५ को सेटमा पराजित गर्दै चौथो चरणमा प्रवेश गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?