काठमाडौंको धुलो बढार्न अब ब्रुमर, यस्ता छन् रुट

काठमाडौं । धुलाम्मे भएका काठमाडौंका सडक सफा गर्न बढार्ने मेसिन ‘ब्रुमर’ प्रयोगमा आएको छ।

सडकको धुलाम्य अवस्थाको चौतर्फी आलोचना भएपछि सडक बिभागले धुलो कम गर्ने उद्देश्यले अत्याधुनिक भ्याकुम सहितको मेसिन प्रयोगमा ल्याएको हो। काठमाडौं महानगरपालिकाले सडकको धुलो बढार्न मंगलबारदेखि पाँचवटा ब्रुमर सञ्चालनमा ल्याएको छ  । 

यी हुन् ब्रुमरका रुटः 

पहिलो ब्रुमरः  टेकु, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्धशालिक, महांकाल, जमल, लाजिम्पाट, शितल निवास, शिक्षण अस्पताल, नारायणगोपाल चोक ।  त्यसपछि फर्केर जमल, विश्वज्योति, घण्टाघर, भद्रकाली, शहीदगेट हुँदै सुन्धारासम्म।

दोस्रो ब्रुमरः  टेकुबाट  त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बबरमहल, वानेश्वर, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म  ।  त्यहाँबाट फर्केर तीनकुनेबाट कोटेश्वर पेप्सीकोलासम्म । पेप्सीकोलाबाट कोटेश्वर नयाँ वानेश्वर, बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी हुँदै बल्खुसम्म पुगेर फर्किनेछ ।

तेस्रो ब्रुमरः  त्रिपुरेश्वर सुन्धारा भोटाहिटी, विश्वज्योति, घण्टाघर, भद्रकाली हुँदै सिंहदरबारबाट पुतलीसडकतर्फको सडक । कमलादीमोड, हात्तीसार, जयनेपाल हल दरबारमार्ग कमलादी प्रज्ञा भवन पछाडिबाट काठमाडौं प्लाजा । दरबारमार्गको महेन्द्र शालिकबाट नारायणहिटी हुँदै केशरमहल चोक, त्यसबाट लाजिम्पाटतर्फ खानी तथा भुगर्भविभाग अडाडिको चोक नारायणहिटी,  सभामुख क्वार्टर राष्ट्र बैंक, प्रधानमन्त्री निवास (बालुवाटार) रसियन दूतावास हुँदै महाराजगञ्जस्थित वडा नम्बर ३ को कार्यालयको सडक ।  शितलनिवास, पानीपोखरी हुँदै लैनचौर, सोह्रखुट्टे बालाजु (रिङरोड) सोरखुट्टेबाट विष्णुमति लिंक रोडको इन्द्रायणी नरदेवी पुलदेखि टेकुसम्मको सडक बढार्नेछ ।

चौथो ब्रुमरः  टेकुबाट सडक बढार्दै पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो वानेश्वर, सिनामंगल, एयरपोर्ट, गौशाला, चावहिल, होटल हायात चुच्चेपाटी फर्किएर चावहिल, गौशाला, बत्तीसपुतली, पुरानो वानेश्वर, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, सिंहदरबार, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर हुँद टेकु ।

पाँचौं ब्रुमरलेः  टेकु, त्रिपुरेश्वर पोस्ट अफिस, न्युरोडगेट, बसन्तपुर, इन्द्रचोक, न्युरोड, महांकाल, जमल, केशरमहलबाट त्रिदेवीमार्ग, ठमेलबाट फर्केर दरबारमार्ग, घण्टाघर, भद्रकाली, सिंहदरबार, माइतीघर मण्डला, सिंहदरबारको दक्षिण ढोका, हनुमानस्थान, थापागाउँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, पुरानो वानेश्वरको रत्नराज्य स्कुल, मध्य वानेश्वर, बत्तीसपुतली चोक, मैतीदेवी, डिल्लीबजार, बागबजार, प्रदर्शनीमार्ग, भद्रकाली त्रिपुरेश्वर हुँदै टेकु बल्खु, कलंकी सीतापाइला बालाजु, गोंगबु, नारायणगोपाल चोक, चावहिल, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार पुरानो बसपार्कबाट त्रिपुरेश्वर हुँद टेकु  ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?