जर्मनी जानु पर्ने विमान स्कटल्याण्ड पुग्दा सवार सबै यात्रु चकित

एजेन्सी । जर्मनीको लागि उडेको ब्रिटिस एयरवेजको विमान स्कटल्याण्डमा पुग्दा सबै यात्रुहरु चकित भएका छन् । 

लण्डन सिटी एयरपोर्टबाट जर्मनी डुसेलडर्भकको लागि उडेको बिमान स्कटल्याण्डको राजधानी इडिनबर्गमा अवतरण भएपछि सबै यात्रुहरु तीन छक्क परेका थिए । 

फ्लाइट प्लानमा भएको गडबडीका कारण पाइलट र चालक दलका सदस्यले  इडिनबर्गका लागि नै उडान भर्नुपर्ने सोचेपछि यस्तो गल्ती भएको बताइएको छ । विमानका क्याप्टेनले यात्रीसगँ माफी माग्दै विमान छिट्टै जर्मनी उड्ने बताएका थिए । स्कटल्याण्डमा अवतरण गरे पछि उक्त विमान पुनः डुसेलडर्फका लागि उडेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?