शेयर बजार : सामान्य अङ्कले सुधार

काठमाडौं । सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा मंगलवार पनि सोही क्रम जारी रह्यो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २ दशमलब ०७ विन्दुले बढेर एक हजार १४० दशमलब  ७२ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलब ४२ ले वृद्धि भई २४२ दशमलब ६७ विन्दुमा पुगेको छ । 

कूल १ सय ७१ कम्पनीको आठ लाख ८२ हजार ८ सय ८५ कित्ता शेयर २१ करोड ५१ लाख २१ हजार ५ सय ८० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये लघुवित्त उपसमूहको शेयर ५ दशमलब १२ विन्दुले घटेको छ ।

बैंकिङ १दशमलब १६, होटल १ दशमलब ९४, विकास बैंक ० दशमलब ०२, जलविद्युत् ३ दशमलब २२, वित्त ० दशमलब २८, निर्जीवन बीमा २४ दशमलब १९, उत्पादन ११ दशमलब ०६, अन्य ५ दशमलब ४२ र जीवन बीमा ० दशमलब ५८ विन्दुले बढेका छन । 

सामान्य बढेको बजारमा नेपाल बङ्गलादेश बैंकको संस्थापक शेयर बढी मूल्यमा कारोवार भई शीर्ष स्थानमा रह्यो ।

सो बैंकको  एक करोड ५८ लाख ३१ हजार ४ सय ८० बराबरको कारोवार भयो । त्यस्तै एनएमबी बैंकको ९६ लाख ४४ हजार ७ सय ९४, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ७४ लाख १७ हजार ५ सय १४, प्राइम बैंक ६४ लाख ५३ हजार १ सय ५४ मा कारोवार भइ शीर्ष स्थानमा रह्यो । 

स्टकका अनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पाँच प्रतिशतले कमाउँदा एनएमबी हाइब्रिड फण्ड ३ दशमलब ९५, पोखरा फाइनान्स ३ दशमलब ०८, भार्गव विकास बैंक २ दशमलब ८६ प्रतिशतले कमाएका छन् । 

यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९ दशमलब ८७ प्रतिशतले गुमाएका छन् । शिवम सिमेन्ट ९ दशमलब ८१, मिथिला लघुवित्त वित्तीय संस्था ५ दशमलब ५४, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५ दशमलब ११ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?