न्यु डायमन्ड एकेडेमीले विश्व स्कुल भलिबल खेल्ने

काठमाडौं । न्यु डायमन्ड एकेडेमीले क्रोएसिया हुने विश्व स्कुल भलिबल च्याम्पियनसिप खेल्ने भएको छ । 

नेपाल स्कुल स्पोर्टस् फेडेरेसनसँगको सहकार्यमा न्यु डायमन्डले पहिलो पटक देश बाहिर प्रतियोगिता खेल्न लागेको हो। न्यु डायमन्डका प्रशिक्षक कुमार राईका अनुसार एकेडेमीले यहि मार्चको अन्तिम सातामा विश्व स्कुल भलिबल च्याम्पियनसिप खेल्ने बताए । 

सन् १९७२ बाट शुरु भएको च्याम्पियनसिपमा नेपालबाट एकेडमीले पहिलो पटक सहभागिता जनाउन लागेको हो । 

इन्टरनेशनल स्कुल अफ स्पोर्टस् फेडेरेसन ‘आइएसएफ’ को आयोजनामा हुने च्याम्पियनसिप मार्च ३१ देखि अप्रील ४ सम्म चल्नेछ । च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?