सशस्त्र प्रहरीमा २३९ असइको माग तर, ३९ मात्रै उत्तीर्ण

काठमाडौं–सशस्त्र प्रहरीले सहायक निरीक्षक (असइ) पदमा २ सय ३९ जनाको भर्ना खुलाउँदा लिखित परीक्षामा ३९ मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा एक हजार सात सय सहभागी थिए ।

खुलातर्फ एक सय २८ दरबन्दी माग भएकोमा ३९ जना उत्तीर्ण भएका हुन् । उनीहरूमध्ये १६ जनाले विभिन्न आरक्षण कोटाबाट पनि नाम निकालेका छन् । महिलातर्फ २२ मा तीन, आदिवासी जनजातितर्फ ३० मा आठ, मधेसीतर्फ ३० मा तीनजना उत्तीर्ण भए । दलितर्फ पाँचजनाको आरक्षण रहेकोमा एकजना पनि सफल भएनन् । पिछडिएको क्षेत्रअन्तर्गत पाँचजनाको कोटामा दुईजना पास भए भने सहिद प्रहरी परिवारका लागि छुट्याएको तीन कोटामा शून्य नतिजा आयो । नतिजा हेरेर सशस्त्र प्रहरीका अधिकारी नै आश्चर्यमा परेका छन् । ाजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?