प्रचण्ड भोलि स्वदेश फिर्ता

काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचार गरी बिहीवार स्वदेश फर्किने भएका छन् ।
पत्नी सीता दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गरेका थिए ।
पार्किन्सस् रोगबाट ग्रसित दाहालको उपचार अमेरिकाको बाल्टिमोरस्थित जोन हप्किङ्स अस्पतालमा भएको छ । स्वास्थ्यमा सुधार भएपछि अध्यक्ष प्रचण्ड पत्नीसहित फर्किन लागेको उनका प्रेस संयोजक विष्णु सापकोटले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?