अजित सम्मानित

काठमाडौं । नेपाल एथलेटिक्स संघले हङकङमा भएको तेश्रो एशियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण विजेता अजितकुमार यादव सम्मानित भएका छन् । 

एथलेटिक्स संघले अजितलाई टीभीएस मोटरसाइकल प्रदान ग-यो । प्रशिक्षक चौधरीलाई नगद १ लाख प्रदान ग-यो । चौधरी भने सहोदर दाइको निधनका कारण कार्यक्रममा उपस्थित हुन असमर्थ रहे ।

अजितलाई एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले मोटरसाइकलको साँचो हस्तान्तरण गरे ।

सोही अवसरमा नविल बैंक, गोल्डस्टार, रुसलान, गोल्छा अर्गनाइजेसन र होटल अन्नपूर्णले मासिक १२ हजारका दरले जम्मा ६० हजार रुपैयाँ १ वर्षसम्मका लागि अजितलाई प्रदान गर्ने घोषणा गरेका थिए ।

साथै अन्नपूर्णले १ वर्षसम्मका लागि पौडी र जिमको सुविधा निःशुल्क उपलब्ध गराउने पनि प्रतिबद्धता जनायो । उक्त सुविधा वार्षिक २ लाख रुपैयाँ बराबर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?