स्नुकरमा नकआउट चरण सम्पन्न

काठमाडौं । बंगलादेशको ढाकामा हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट प्रतियोगिताअन्तर्गत नकआउट चरणका खेल सम्पन्न भएको छ ।

नकआउटको दोश्रो तथा अन्तिम दिन चार खेल भए । राजन लामाले अमिर श्रेष्ठलाई ५-१, सोम लामाले वान्छेन छापलाई ५-१, दीपक मगरले आयुश गौतमलाई ५-० र फुरी शेर्पाले विकास श्रेष्ठलाई ५-४ को फ्रेममा पराजित गरे ।

पहिलो दिनको नकआउटमा रेगन श्रेष्ठ, सुजेन शाही, विकेश राई र अमन कार्कीले जित हात पारेका थिए ।

आज ‘बुधवार’ देखि नकआउटमा जित हात पार्ने खेलाडी दुई समूह रहेर लिग खेल्नेछन् । समूह ‘ए’ मा राजन, विकेश, सुजेन र रेगन तथा समूह ‘बी’ मा दीपक, सोम, फुरी र अमन रहेका छन् ।

समूहमा शीर्ष स्थान हात पार्ने खेलाडीले जुलाई २१ देखि २७ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?