नेकपा अध्यक्ष प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ आज (बिहीवार) स्वदेश फर्किँदै छन् । 

यही चैत ३ गते पत्नि सिता दाहालको उपरका लागि अमेरिका पुगेका अध्यक्ष प्रचण्ड सपरिवार आज बेलुका ४ बजे काठमाडौं आइपुग्ने भएका हुन् । 

पत्नीको उपचार सफल भएको र स्वास्थ्यमा सुधार आउने डाक्टरहरुले बताएको प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

अमेरिकामा १० दिन रहँदा प्रचण्ड त्यहाँस्थित नेपाली दूताबासमा बसेका थिए । प्रचण्ड परिवारको उपचार एवं भ्रमणको सम्पूर्ण व्यवस्थापन राजदूत अर्जुन कार्कीले गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?