रहेनन् खेलाडी हेन्जल

एजेन्सी । कोपनहेगन प्लेन दुर्घटनाबाट बाच्न सफल भएका खेलाडी राफेल हेन्जलको मृत्यु भएको छ । 

फुटबल खेलपछि बुधवार उनको हृदयघातका कारण मृत्यु भएको हो । सन् २०१६ मा भएको विमान दुर्घटनामा हेन्जलसहित ६ जनाको जिवितै उद्धार गरिएको थियो । उक्त  विमान सन् २०१६ को नोभेम्बर २८ तारिखमा सेन्टा कुर्ज दि ल सियराबाट कोलम्विया मेडेलिनको लागि उडेको थियो ।

विमान ७७ जना यात्रु सवार थिए । विमान दुर्घटनामा ७१ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परि हेन्जलको ७ वटा करङ भाच्चिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?