प्रधानमन्त्रीले नेपाल ‘भर्जिन ल्याण्ड’ भनेर नयाँ शब्दको जाल फ्याँके : मोहन वैद्य

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्त्रिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमद लाहाल ‘प्रचण्ड’लाई पार्टीको नाम परिवर्तन गरेर ‘सोसियल डेमोक्रेटिक पार्टी’ राख्न सुझाव दिएका छन् । 

शनिवार बिहान रुपन्देहीको बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा वैद्यले सो कुरा बताएका हुन् । 

‘आफ्नो बिचार, सिद्धान्त छोडेर हिँडेर सत्तास्वार्थमा अल्झिने, अन्य पार्टीका जस्तै गतिविधि गर्ने भएपछि किन नेकपा नाम राख्ने, सोसियल डेमोक्रेटिक पार्टी राख्नुस्, उनले भने ‘भाषण र शब्दजालले मात्रै समृद्धि आउँदैन, सरकारका गतिविधिले समृद्धिको लक्षण र सम्भावना देखाएन ।’

नेकपा नेतृत्वको अहिलेको सरकारले कम्युनिष्ट पार्टीकै बदनाम गरेको बताए उनले ओली नेतृत्वको वर्तमान सरकारबाट विकास र समृद्धि सम्भव नभएको दाबी समेत गरे । 

साथै शुक्रवारबाट काठमडौंको होटल सोल्टीमा शुरु भएको लगानी सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाल ‘भर्जिन ल्याण्ड’ भनेर नयाँ शब्द जाल फ्याँकेको वैद्यले टिप्पणी गरे ।

‘उहाँले नेपालमा विकास कहाँ र्पुयाउनुभयो, पानीजहाज, रेलगाडी कुदाइसक्नु भो, अहिले लगानी सम्मेलनमा नयाँ शब्द ल्याउनुभाछ भर्जिन ल्याण्ड (कुमारी भूमी), लगानी देशका मान्छेले गर्ने हो की विदेशीले’ वैद्यले भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?