राणाको हिन्दी भाषामा लेखिएको गजलसङ्ग्रह ‘तलाश’ सार्वजनिक

काठमाडौं । साहित्यकार डा कृष्णजङ्ग राणाको हिन्दी भाषामा लेखिएको गजलसङ्ग्रह ‘तलाश’ शुक्रवार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । 

कृष्णचन्द्र मिश्र पब्लिकेशनद्वारा आयोजित कार्यक्रममा साहित्यकार डा रामदयाल राकेश, कालीप्रसाद रिजाल र वसन्त चौधरीले उक्त सङ्ग्रहको सार्वजनिक गरेका हुन् । साहित्यकार रिजालले कवि राणाका गजलले नेपालको गजलसाहित्यमा विशिष्ट योगदान पु-याउने धारणा राखे ।  

साहित्यकार चौधरीले नेपाली र हिन्दी साहित्यमा पहिचान बनाइसकेका कवि राणाको गजलसङ्ग्रहले दुवै भाषाको साहित्यलाई समृद्ध बनाउन योगदान दिने बताए । साहित्यकार डा स्वेता दिप्तीले गजलमा हिन्दी र उर्दुको मिश्रण रहेको उल्लेख गदै कविले आफ्ना अन्तरमनका कुरा राखेको बताए । साहित्यकार डा राकेश, कवयत्री शान्ति शर्मा, पुष्पा ठाकुरलगायतले गजलसङ्ग्रहमा भएको गजल वाचन गरेका थिए ।  

साहित्यकार राणाले प्रकृतिमा भएका मायाको बारेमा गजल लेखिएको बताए । 

“माया विभिन्न तवरबाट हुन्छन् । व्यक्ति, समाज, प्रकृतिलगायतका रहेका हुन्छन्’ उनले भने, “मायालाई गजलमार्फत प्रस्फुटन गर्ने प्रयास गरिएको छ ।” गजलसङ्ग्रहमा ८७ वर्षीय राणाका ८७ गजल छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?