प्रचण्डको आपत्ति, ‘मलाई अन्तर्राष्ट्रिय जगतमा हत्याराका रुपमा चित्रण गर्न खोजियो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अन्तर्राष्ट्रिय जगतमा हत्याराका रुपमा चित्रण गर्न खोजेको प्रति आपत्ति जनाएका छन् । 

अइतवार रिपोटर्स क्लब नेपालको २१ औँ वार्षिकत्सवका अवसरमा राष्ट्रिय प्रज्ञाभवनमा आयोजित कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले सो कुरा बताएा हुन् । उनले भने, ‘मलाई अन्तर्राष्ट्रिय जनतामा हत्याराको रुपमा चित्रण गर्न खोजीयो, तर मलाई डर भने लागेको थिएन् ।’

यही चैत ३ गते पत्नी सीता दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड अमेरिका पुगेका थिए । त्यसक्रममा एफबीआईमा अध्यक्ष प्रचण्डविरुद्ध उजुरी परेको थियो । 

तिलक श्रेष्ठ नाम गरेका व्यक्तिले प्रचण्ड आतंककारी भएको भन्दै अमेरिका आएको बेलामा पक्राउ गर्न माग गरिएको थियो ।

साथै उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको समेत ध्यानाकर्षण गराएका छन् । 

कांग्रेसको वाशिंगटन डिसी कमिटीले आफूलाई गिरफ्तार गर्नुपर्छ भनेर निर्णय गरेको विषयमा उनले कांग्रेसको ध्यानाकर्षण गराएका हुन् ।

‘म वाशिंगटन डिसीमा बस्दै गर्दा त्यहाँको कांग्रेसको कमिटीले निर्णय गरेर प्रचण्ड एउटा अपराधी हो, हत्यारा हो, यसलाई गिरफ्तार गर्नुपर्छ भनेर कमिटीले निर्णय गर्यो भनेर बाहिर आयो’ उनले थप्दै भने ‘विदेशमा बसेर नेपालको शान्ति सम्झौतालाई आपराधिक सम्झौताको रुपमा र त्यसको हस्ताक्षरकर्तालाई अपराधीको रुपमा गिरफ्तार गरेर जेल हाल्नुर्यो भनेर अन्तर्राष्ट्रिय जगतलाई भन्नु कति तर्कसंगत छ ? यसले आजको हाम्रो राष्ट्रिय आवश्यकतालाई कत्तिको सम्बोधन गरेको छ ? मैले आज नजिकबाट यो तितो भर्खरै अमेरिका जाँदा अनुभव गरेर आएँ ।’

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?