निर्मला बलात्कारपछि हत्याका दुई सय ४६ दिन, प्रहरीको पुरानै जवाफ, ‘अनुसन्धान जारी छ’

‘हत्यारालाई फाँसी दे’ भन्दै महिला अधिकारकर्मीहरु, राजनीतिक दलका केहि प्रतिनीधि, सामाजिक अभियन्ता र आम जनता सडकमा चर्को नाराबाजी गरिरहँदा सत्यम् सेवम् सुरक्षणम् आत्मसाथ गरेर हिँडेको प्रहरीलाई ‘सत्य र निष्पक्ष अनुसन्धान गर भन्दै दबाब दिन सायदै पर्थ्यो होला ।

कतै सत्य र निष्पक्ष अनुसन्धानको लागि नागरिक दबाब नपुगेको त होईन ? 

सरकारको ध्यानाकर्षण गराउने होडमा जनता सडकमा आइरहँदा प्रहरी आफ्नो लयको अनुसन्धान छोडेर सडकमा जम्मा भएको मानिसहरुको भिडले निकालेको आवाज बमोजिम अनुसन्धानमा अल्मलिएको र भ्रामक परिणाम सुनाएको त होइन कतै ? 

जनताले दिनदिनै सडकमा आर्लेर सरकार प्रमुखहरुको राजीनामा माग गर्दा कतै ‘ईन् डेप्थ रिसर्च’ गर्ने तरीकामा ईन्टरफेयर भएको त हैन ? कि प्रहरीलाई मनोबैज्ञानिक रुपमा  दबाब बढी भएको हो ? 

जनताले दिनदिनै सडकमा आर्लेर सरकार प्रमुखहरुको राजीनामा माग गर्दा कतै ‘ईन् डेप्थ रिसर्च’ गर्ने तरीकामा ईन्टरफेयर भएको त हैन ? कि प्रहरीलाई मनोबैज्ञानिक रुपमा  दबाब बढी भएको हो ? 

हुन त अनुसन्धानमा निस्केको प्रहरी प्रमाणको भोको हुन्छ । किनकी समस्याको गहिराईमा पुगेर नतिजा निकाल्नुपर्ने दबाब उससँग हुन्छ । तर यो घटना भएको पनि दुई सय ४६ दिन भइसकेको छ । 

हिजोआज बौद्धिक जमात्ले अघि सारेको बहसको पेचिलो विषय हो यो । 

दुुईचार दिन सडकमा उफ्रिएपछि यो नै हो अपराधि हो भनेर प्रशासनले बाहिर ल्याएका उदाहरणहरु प्रशस्तै छन् । 

पन्तको बलात्कारपछि हत्या भएको २४ दिनमा प्रहरीले मुख्य अभियुक्त भन्दै एक युवक सार्वजनीक गरेको थियो । 

दिलिपसिंह विष्ट । 

मानसिक अवस्था ठिक नभएको व्यक्ति प्रहरीले सार्वजनीक गरेको भन्दै महिला अधिकारकर्मीहरु प्रहरी चौकी अगाडी चर्को  नाराबाजी गरे । नाराबाजीमा रोकिएन घटनाक्रम । 

कञ्चनपुरमा आन्दोलन शुरु भयो । 

आन्दोलन उग्र रुप लिएपछि कञ्चनपुर प्रशासनले कर्फ्यु आदेश जारी ग-यो । 

आन्दोलन उग्र रुप लिएपछि कञ्चनपुर प्रशासनले कर्फ्यु आदेश जारी ग-यो । 

कञ्चनपुरमा चलिरहेको आन्दोलनका क्रममा भदौ ८ गते शुक्रबार प्रहरीको गोली लागेर १७ वर्षीय सन्नी खुनाको मृत्यु भयो । स्थानीय कविन्द्रबहादुर सिंह, सगुन सुवेदी, दामोदर खत्री र उमेश देउवा घाइते भएका छन्।

यतिमा सिमित भएन घटना । 

व्यापक रुपमा आरोप, प्रत्यारोप शुरु भयो । 

व्यापक रुपमा आरोप, प्रत्यारोप शुरु भयो । 

बम दिदिबहिनिलाई हत्यार थाहा छ भन्नेको छुट्टै टोली थियो भने बर्खास्त भएका एसएसपी डिल्लीराज विष्टमाथि नै अनुसान्धाको माग गर्नेको लर्को बेग्लै । कसैले आर्मी क्याम्पतिर औँला तेर्साए । 

विष्ट पक्राउ परेसँगै कञ्चनपुरमा तनाव भएको थियो । घटनामा विवाद बढेपछि गृह मन्त्रालयले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई भदौ ९ निलम्बन गरेको थियो ।

कहिले के? कहिले के ?

उपलब्धि शून्य । 

अनुसन्धान लम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गयो ।  

यो पनि पढ्नुहोस: 

के नेपाल महिलाको लागि खतराको देश बन्दैछ ? कुन देश कति सुरक्षित ?

बहसमा बलात्कार : नियन्त्रण गर्न सकिएला ?​

निर्मला बलात्कार र हत्यापछिका ३ महिनाः थप तीन सय महिला बलात्कृत

न्यायको सिद्धान्तले भन्छ, सयजना अपराधी छुटून् तर एक जना निरअपराधीले सजाय भोग्नु नपरोस् । त्यसैले पनि कानुनी राज्यका लागि अपराधी पत्ता लगाएर सजाय दिन जरुरी छ । 

निर्मला हत्या प्रकरणका पछिल्लो हाइलाइटस्ः 

१. कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालतले पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई रु १० लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी ग-यो । 

२. कञ्चनपुर जिल्ला अदालतले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । सोमबार र मङ्गलबार गरी दुई दिन लगाएर जिसीको बयान लिइएको थियो र उनलाई अदालतले रिहा गर्न आदेश दियो । 

निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय विरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गत पुसको पहिलो साता उजुरी दिएका थिए ।

यो पनि पढ्नुहोस: 

निर्मला बलात्कारपछि हत्याको १०२ दिन: देशमा न्याय हराएकै हो ?

न्याय हराएको १ सय १५ दिन, किन मौन साध्दैछ राज्य संयन्त्र ?

बलात्कारपछि हत्या प्रकरण: अपराधीलाई पाकिस्तानमा फाँसी दिइयो, जैनवले त न्याय पाइन्, निर्मला पन्तले कहिले पाउने ?

अहिले यो घटनामा फरक कोणबाट अनुसन्धान भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले लोकपथलाई जानकारी दिए । 

निकै पेचिलो र विवादित बनेको निर्मला बलात्कारपछि हत्या प्रकरणमा नागरिकहरुले पनि विभिन्न माध्यमहरुबाट निर्मलाको हत्यारा पत्ता लगाउ भनेर दबाब दिइरहेका छन् । 

प्रहरीले अनुसन्धान जारी छ भन्ने जवाफ पटक पटक दोहो-याउदा अपराधी पत्ता नलाग्ने त हैन ? भन्ने आशंकामा भयवित छन् जनताहरु । 

यस्तो अवस्थामा प्रहरीले अनुसन्धान जारी छ भन्ने जवाफ पटक पटक दोहो-याउदा अपराधी पत्ता नलाग्ने त हैन ? भन्ने आशंकामा भयवित छन् जनताहरु । 

निर्मला बलात्कारपछि हत्याको अनुसन्धानमा सिआइबी, अपराध महाशाखा र प्रहरीको विशेष टोली खटिएको छ । 

निर्मला हत्यामा कुनै पनि निष्कर्षमा नआउँदा सरकारमाथि आक्रोश र सुरक्षाको प्रश्नहरु थपिँदै गएको छ । ‘ठूल्ठूला आर्दश र सिद्धान्तका कुरा बाढेर मात्रै बलात्कार न्यूनिकरण गर्न सकिन्छ, भनेर सोच्नु मुर्खता हो ।’ नागरिकहरुको ठम्याई छ ।  

प्रहरीले अनुसन्धानको शिरा परिवर्तन गर्नुपर्छ । भिडको उत्तेजित आवाजको लहडमा लागेर अनुसन्धान अधिकारीहरु कहिल्यैपनि निष्कर्षमा पुग्न सक्दैनन् । तर कर्तव्यनिष्ठ सिपाहि जहिल्यैपनि जनतालाई न्याय दिने कुरामा चुक्नुहुँदैन ।  

यो पनि पढ्नुहोस: 

आलसतालस अवस्थामा निर्मलाकी आमा, के भनिन् डा. बाबुराम भट्टराईसँग (भिडियो सहित )

निर्मलाका काका ईश्वरदत्त भन्छन्, 'नेताको छोराछोरी नै घटनामा संलग्न छन्' (भिडियो सहित)

निर्मला पन्त बलात्कारपछि हत्याको एक सय ९५ दिनः कहाँ पुग्यो अनुसन्धान ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?