सडक दुर्घटनामा साउनयता मात्र एक सय ६९ जनाको मृत्यु, ६ हजार तीन सय ८१ वटा सडक दुर्घटना !(भिडियो सहित )

पछिल्लो समय सडक सुरक्षा ठूलो चुनौती बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार मृत्युका धेरै कारणहरुमध्ये सडक दुर्घटना आठौँ नम्बरमा छ । 

नेपालमा अहिले सडक सुरक्षाको जिम्मेवारी मुख्यत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग र ट्राफिक प्रहरीले बहन गरिरहेका छन् । 

तर सडकका समस्या दिनप्रति दिन बढ्दै गएको छ । सडक दुर्घटना भएपछि एक दुई वटा समाचार बुलेटिनमा दुई हरफको समाचारमा टुंगिन्छ सडक स्तरोन्नतीको विषय । हुनत मन्त्रालयको सयौँ परियोजनाहरु छन् । सडक विभाग पनि सडक निर्माण, व्यवस्थापन र मर्मतमै व्यस्त छ । यातायात व्यवस्था विभाग लाइसेन्सको काम, नवीकरण र अरु व्यवस्थापनको काममा, ट्राफिक प्रहरी ट्राफिक सञ्चालन र चेकजाँचमै व्यस्त छ । सवारी नियमनका लागि तोकिएका यी चारै निकायबिच पर्याप्त सहकार्य भएको देखिदैन ।  

देशभर भएका विभिन्न सडक दुर्घटनामा यो वर्षको साउनयता मात्र एक सय ६९ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ६ हजार तीन सय ८१ वटा सडक दुर्घटनाहरु भएका छन् । एक सय ९४ जनाको मृत्यु भएको थियो भने दुई सय १९ गम्भीर दुर्घटनाहरु भए भने चार हजार तीन सय ३३ सामान्य दुर्घटना भएका थिए । 

आर्थिक वर्ष २०७४/७५ मा ६ हजार तीन सय ८१ वटा सडक दुर्घटनाहरु भएका छन् । एक सय ९४ जनाको मृत्यु भएको थियो भने दुई सय १९ गम्भीर दुर्घटनाहरु भए भने चार हजार तीन सय ३३ सामान्य दुर्घटना भएका थिए । 

 

रोड क्र्यास तथ्याङ्कअनुसार सडक दुर्घटनामा हरेक बर्ष संसारमा करिब १५ लाख मानिस मर्छन्, यो तथ्यांकलाई हेर्दा एक दिनमा तीन हजार दुईसय मानिसले सडक दुर्घटनामा ज्यान गुमाउनु परेको छ । 

आर्थिक वर्ष २०४९/५० देखि ७४/७५ सम्म सडक दुर्घटनामा मात्रै तीन हजार भन्दा बढीको मृत्यु भएको नेपाल ट्राफिक  प्रहरीको तथ्यांक छ । 

नेपालमा मात्र नभई संसारमै सडक सुरक्षा चुनौतीपूर्ण र पेचिलो बन्दै गएको छ ।

रोड क्र्यास तथ्याङ्कअनुसार सडक दुर्घटनामा हरेक बर्ष संसारमा करिब १५ लाख मानिस मर्छन्, यो तथ्यांकलाई हेर्दा एक दिनमा तीन हजार दुईसय मानिसले सडक दुर्घटनामा ज्यान गुमाउनु परेको छ ।

२० देखि ५० मिलियन मानिसहरु चोटपटक सहित बाँचेका छन् भने ति मध्ये धेरै शारिरीक रुपमा अशक्तता भएकाहरु छन् । सडक दुर्घटनामा परि मृत्यु हुनेहरुमध्ये आधा भन्दा धेरै युवा र वयस्क १५ देखि ४४ वर्षका रहेका छन् । 


दुर्घटनापछि भएका सतही र औपचारीक अनुसन्धान अनि औपचारिकताका लागि गरिएका प्रयासहरुले समस्याको समाधान खोज्न सकेको छैन ।
त्यसैले नेपालमा सडक सुरक्षा सबैभन्दा ठूलो चुनौती बन्दै गएको छ ।  

सडक दुर्घटनाका मुख्य ४ कारण मानिन्छन्,  कमजोर सडक पूर्वाधार, पुराना सवारी साधन, सडक प्रयोगकर्ताबाट सडक अनुशासनको पालना नहुनु र ट्राफिक नियमको अवज्ञा रहेका छन् । 
नेपाल पनि यी नै समस्याबाट मुक्त हुन सकेको छैन । 

 


लोकपथ टिभीको कार्यक्रम खास कुरामा अन्तर्वार्तामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले यो सरकार आएपछि पहिला र अहिलेको सडकको स्थितीमा आकाश÷पातालको फरक भएको दावी गरे ।  जनताले आशा गरेका कतिपय कामहरु गर्न नसक्नुमा केहि बाध्यताहरु भएको उनको स्विकारोक्ति छ । 

उनले सरकारले सडक सुरक्षा नीतिहरु तयारी अवस्थामा राखेको भन्दै संसदमा पेश गर्ने तयारी रहेको पनि जानकारी दिए । 

सवारी दुर्घटना कम गर्न जेब्राक्रसिङ महत्वपूर्ण रहे पनि यसको फाइदाबारे अधिकांश सडक प्रयोगकर्ता जानकार छैनन् । जथाभावी सडक पार गर्ने यात्रुलाई नगद जरिवाना गर्ने नियम तयारीसाथ नल्याइएकाले धेरै समय टिकेन । प्राविधिक रूपले हाम्रो देशमा ट्राफिक व्यवस्थापन प्रणाली निकै परम्परागत छ । 

शनिबार दिउसोको एउटा भिडियोले सबैको ध्यान खिच्यो । अथवा भनौं एक किसिमको सनसनी मच्चियो ।

२४ सेकेन्डको सो भिडियोमा अगाडिपट्टी एउटा सेतो रंगको स्कारपियो गुडिरहेको देखिन्छ ।  भिआइपीको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल अर्थात् 'आर्म्ड पुलिस फोर्स'को गाडी पनि भिडियोमा छ । 
बा १ झ ९५२९ नम्बरको भ्यान ।

अर्को लेनमा एउटा गुडिरहेका स्कुटीे पछाडिबाट लेन चेन्ज गर्दै आएको सशस्त्रको भिआइपी पछुवा गाडीले स्कुटीलाई ठक्कर दिन्छ । स्कुटी सडकमा पछारिन्छ । तर प्रहरीको भ्यान उद्धारमा लाग्दैन । भिआइपीको सुरक्षामा नै दौडिन्छ ।

भिडियोमा प्रष्ट रुपमै देखिन्छ, दाँयाबाँया गरि दौडेको सशस्त्रको भिआइपी पछुवा गाडीको गल्ती । 

घटनाको भिडियो शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दुबैलाई बानेश्वर प्रहरी बृत्तले बोलाएको थियो । सशस्त्र प्रहरीको पनि उपस्थिति त्यहाँ थियो । बानेश्वर प्रहरी बृत्तका अनुसार दुबै पक्षलाई ‘मौखिक मिलापत्र’ गरी पठाएको छ ।  

महानगरीय प्रहरी ट्राफिक महाशाखाका प्रवक्ता एसपी जयराम सापकोटाले सशस्त्र प्रहरी बललाई पत्र काटेको र चालकलाई उपस्थित गराउने प्रयत्न भइरहेको जानकारी दिए । 

“पिडित पक्ष र लोकेन्द्र बहादुर चन्द पक्षबिच मिलापत्र भयो”, प्रवक्ता सापकोटा भने, “ यसमा महाशाखाको काम चालकलाई उपस्थित गराउने हुन्छ जुन हामीले कोसिश गरिरहेका छौं ।”

पछिल्लो समय ट्राफिक प्रहरीले सडक दुर्घटना कम गर्नको लागि दुईवटा काम भइरहेको पनि जानकारी दिए । 

पहिलोः  ट्राफिक नियम पालना नगर्नेलाई कारवाही
दोस्रोः सचेतना कक्षा

लेनको पालना नगर्ने, मादक पदार्थ प्रयोग गर्ने लाई कारवाही गरिरहेका भन्दै उनले भने ,“ट्राफिक नियमका कक्षाहरु प्नि सञ्चालन गरिरहेका छौं ।” 

महानगरीय प्रहरी ट्राफिक महाशाखाले दिनमा ७ वटा सचेतना कक्षा सञ्चालन गर्दै आएको छ । 

सडकमा नदेखिएका जेब्राक्रसिङ र नबलेका लाइटको विषयमा उनले भने, “सडकमा रङ लगाउने, ट्राफिक लाइटको मर्मत गर्ने जिम्मेवारी सडक विभागको हो, ट्राफिकको होइन । ”

“हामीले सडकमा गुडेका गाडीहरुको व्यवस्थापनको काम गर्ने हो जुन अहिले हामीले गरिहेका छौ”, उनले थपे । 

उक्त चालकले लापरवाहीपूर्वक गाडी चलाएको भन्दै आवश्यक कारवाही हुने समेत बताए । 

भिआइपीको सवारीको बेलामा दुर्घटना भएको यो पहिलो पटक भने होइन भिआइपी कै सुरक्षामा खटिएकाहरु पनि सडक दुर्घटनामा परेका छन् । 

जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो माध्यम हो । तर, सडक यातायात असुरक्षित बन्दै गईरहेको छ र सम्बन्धित निकायहरुले ध्यान पुर्याउने हो भने दुर्घटनालाई अवश्य न्यून गर्न सकिने सबैको तर्क छ । 

लोकपथको कार्यक्रम खास कुरामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग केहि दिनअघि सडकको वर्तमान अवस्था, स्तरोन्नतीका सवाल, दुर्घटना न्यूनिकरणका लागि भएका प्रयास, रेलमार्ग, सुरुङमार्ग तथा यातायात सिण्डिकेटको विषयमा केन्द्रित रहेर लोकपथकर्मी अनिता आचार्यले गरिएको कुराकानी यहाँ प्रस्तुत छ । हेर्नुहोस् भिडियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?