बारा–पर्सा हावाहुरीः २७ मृतकको सनाखत (नामावलीसहित भिडियो)

काठमाडौं । बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको भीषण हावाहुरीमा परेर मृत्यु भएकाहरुको सूचि सार्वजनिक गरेको छ । 

मन्त्रालयको सूची अनुसार, ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिकासमेत छन् । हावाहुरीबाट ज्यान गुमाउनेमा ३ भारतीय नागरिकसमेत गृह मन्त्रालयले जनाएको छ। हाल २७ जनाको मात्रै सनाखत भएको गृहले जनाएको छ ।

हावाहुरीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएर धेरै जनाको मृत्यु भएको हो ।  हावाहुरीले सबैभन्दा ठुलो क्षति बाराको भरवलीयामा पुगेको थियो । हावाहुरीको प्रभाव भलुही, पुरैनिया परसौन, बिजवनिया पुगेको थियो ।

गृह मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन परिचालन केन्द्रले औषधि, कपडा, पाल सहितको एक टोली काठमाडौँबाट घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिएको छ । स्थानीय अस्पतालमा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाइएको छ । 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?