काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले लिने माध्यमिक तहको परिक्षा एसइई जारी छ ।
प्राविधिक विषयतर्फका विषयहरुकोमात्र परिक्षा बाँकी रहेको छ । एसइई परीक्षा चैत १० गते आइतवारबाट शुरु भएको थियो ।
लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश नं २ मा रद्द गरियो । अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी र अनिवार्य गणितको परीक्षा मात्रै सम्पन भएका छन् ।
वोर्डले सूचना जारीगर्दै स्थगित परीक्षा संचालन सम्बन्धि परीक्षाको समय तालिका चैत्र मसान्त भित्रै संचालन हुने गरी प्रकाशन गरिने व्यहोरा सम्बन्धित अभिभावक, विद्यार्थी, शिक्षक लगायत सम्पूर्ण सरोकारवालाहरूलाई जानकारी गराएको थियो भने परीक्षार्थीहरूमा पर्न गएको असुविधा प्रति राष्ट्रिय परीक्षा बोर्ड दुःख व्यक्त गरेको थियो ।
सोमवार विहान राष्ट्रिय परीक्षा वोर्डले सूचना जारी गर्दै स्थगित गरिएको प्रदेश २ को बाँकी परीक्षाहरु यही चैत्र २२ गतेदेखि २९ गते गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय परीक्षा वोर्डको जानकारी अनुसार २२ गते अनियार्व विज्ञान वियषयको परीक्षा हुनेछ। त्यसैगरी २३ गते, अनिवार्य सामाजिक शिक्षा, २४ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण को परीक्षा सञ्चालन गरिने भएको छ ।
साथै, २५ गते ऐ. प्रथम र २६ गतेका लागि ऐ. द्धितियको परीक्षा तोकिएको जनाइएको छ । बाँकी ३ दिन भने प्राविधिकतर्फका परीक्षा हुने तय गरिएको छ।
तर, प्रदेश नं दुईको बारा, पर्सा लगायतका जिल्लाहरु यतिबेला शोकमग्न छ । आइतवार भिषण हावाहुरीले बारा र पर्सामा जनधनको ठूलो क्षति पुर्यायो । हावाहुरीका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ भने ७ सयभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
हावाहुरीबाट प्रदेश नं २ का जिल्ला बारा र पर्सामा लगायतका अरु प्रभावित अरु जिल्लाबाट परीक्षा सञ्चालन गर्न नसकिने भन्ने कुनै पनि रिर्पोट नआएकाले परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक विष्णु प्रसाद अधिकारीले जानकारी दिए ।
जिल्ला परीक्षा परिषद्ले सबै काम गर्ने भएको र कुनै पनि परीक्षा केन्द्रमा क्षती भएको जानकारी नआएको अधिकारीको भनाई छ ।
प्रदेश २ मा २६२ परीक्षा केन्द्र छन् भने ७० हजार ५ सय ६८ परीक्षार्थी सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया