म्यानमारको खाइन राज्यका पाँचवटा शहरमा कर्फ्यू

एजेन्सी । म्यानमारको पश्चिमी राज्य रखाइनका पाँचवटा शहरमा  मङ्गलवारदेखि रातिको समयमा निषेधाज्ञा (कर्फ्यू) शुरु भएको छ । 

रखाइन राज्यबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद यु खिन माउङ लाटले रखाइनका याददाउङ, पोन्नाग्युन, क्याउक्ताउ, म्राउक यु र मिनप्यामा कर्फ्यू लगाइएको सिन्ह्वा समाचार समितिलाई जानकारी दिए। 

यो कर्फ्यू  स्थानीय समयानुसार राति ९ बजेदेखि बिहान ५ बजेसम्म कायम हुनेछ । कर्फ्यू  करिब दुई महिनासम्म जारी रहने बताइएको छ ।  

यी पाँचवटा शहरमा साँझको समयमा राजमार्ग र तोकिएका स्थानमा बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । 

सर्वसाधारण नागरिकको भेषमा सुरक्षा फौजमाथि आतङ्ककारी आक्रमण हुन थालेपछि कर्फ्यू लगाउनु परेको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् । 

यस आक्रमणबाट माननवीय हताहत बढेको र सर्वसाधारणको घरहरु समेत ध्वस्त भएको बताइएको छ । यद्यपी माउङताउ र बुधिदाउङ शहरका सन् २०१६ देखि हालसम्म कर्फ्यू जारी रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?