साम्बा यसरी बनिन् दक्षिण एसियाकी ‘बेष्ट स्ट्राईकर’(भिडियोसहित)

काठमाडौं । जसले नेपाली राष्ट्रिय महिला फुटबललाई बुझेको छ निसन्देह उसले सावित्रालाई चिनेको छ । सावित्रा भण्डारी उर्फ साम्बा, राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर ।

‘यो हो नि त खेल’, ‘बल्ल केटीको गेम हेर्न मज्जा लाग्न थाल्यो’, ‘हैट खत्रा खेल्दी रहिछन्’, ‘वि वान्ट साम्बा’, सम्बा मैदानमा उत्रिएपछि अक्सर दर्शकको मुखबाट फुस्किने वाक्य हुन् यी । एक तहका फुटबल पारखीले साम्बालाई नेपाली महिला फुटबलमा ‘बेन्चमार्क’ तय गर्ने खेलाडीका रुपमा हेरिरहेका छन् । उनको चर्चा देशमा मात्र होइन दक्षिण एशियामै चुलिएको छ । ‘गोल मेसिन’ साम्बालाई दिइएको अर्को उपनाम हो ।

जनताले नेपाली महिला टिमको बागडोर आफ्नै हातमा सुम्पिएको बताउँदै उनी भन्छिन्, ‘अब हामीले आफ्नो लागि होइन सारा देशका लागि खेल्न सक्नुपर्छ’ । 

महिला टोलीको फुटबल खेल भइरहँदा रित्तो हुने गरेको रंगशालामा आजकल जोडतोडले हुटिङ गुञ्जिन्छ ‘साम्बा, साम्बा, साम्बा’ । साम्बाको खेलले उनको व्यक्तिगत छविलाई मात्र नभएर सारा राष्ट्रकै छविलाई चम्काएको बताउँछन् नेपाली दर्शक । राष्ट्रिय टिमसँगको ५ वर्षको छोटो खेल यात्रामा २६ अन्तर्राष्ट्रिय गोल गर्नुले यही प्रमाणित गर्छ ।

‘ओहो अब त काँधमा झनै ठूलो जिम्मेवारी थपियो,’ एका—एक फुटबल सेलिब्रेटी भइरहँदा साम्बाको मनमा उत्पन्न हुने भाव हो यो किनकी उनले बुझेकी छिन् सफलता र चुनौती हातेमालो गर्दै आउँछन् । जनताले नेपाली महिला टिमको बागडोर आफ्नै हातमा सुम्पिएको बताउँदै उनी भन्छिन्, ‘अब हामीले आफ्नो लागि होइन सारा देशका लागि खेल्न सक्नुपर्छ’ ।

‘भारतसँग बदला लिने मौका हो यो’

हालै नेपालमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा नेपाल उपविजेतामा सीमित रह्यो । हरेक वर्षजस्तै यसपालि पनि भारतले बाजी मा-यो ।

साफको फाइनलसम्म पुग्नु तर उपाधि जित्न नसक्नु नेपालको रीतजस्तै नै भइसकेको छ । तर, यसपालिको हार अप्रत्यासित भएको बताउँछिन् साम्बा । किनकी उनको मनले भनिरहेको थियो ‘उपाधि हाम्रै हो’।

साफको स्थापनादेखि नै रहेको भारतको दबदबालाई कुनै न कुनै खेलमा अवश्य तोड्ने महत्वकांक्षी लक्ष्य बोकेका साम्बाका आँखामा बदलाको आगो दनदनाइरहेको छ ।

‘घरेलु मैदानमा आयोजना भएकाले पनि हामीले जित्छौं जस्तो लागेको थियो,’ निराश हुँदै उनले भनिन्, ‘तर, हाम्रो खेल अझै माझिएको रहेनछ’। साफको स्थापनादेखि नै रहेको भारतको दबदबालाई कुनै न कुनै खेलमा अवश्य तोड्ने महत्वकांक्षी लक्ष्य बोकेका साम्बाका आँखामा बदलाको आगो दनदनाइरहेको छ । उनका अनुसार यो राप चाँडै नै शान्त हुनेवाला छ किनकी आउँदो ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा भारत र नेपाल भिड्ने निश्चित छ ।

भन्छिन्, ‘ओलम्पिक छनोटको दोस्रो चरणमा भारतसँग हारको बदला लिन्छौं’।

अहिले सोही प्रतियोगिताको लागि नेपाली टोली म्यानमार पुगेको छ । नेपालले पहिलो म्याच आयोजक म्यानमारसँग खेल्दैछ । त्यस्तै दोस्रो खेलमा भारत र अन्तिम खेलमा नयाँ प्रतिद्वन्दी इन्डोनेशियासँग भिड्ने खेल तालिका रहेको छ ।

‘गेम सक्नेबित्तिकै बुबाको फोन आइसक्छ’

‘जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता होस् खेल खेलेर मैदान बाहिर निस्कनासाथ बुबाको फोन आइसकेको हुन्छ,’ घरबाट कतिको सपोर्ट छ भन्ने हाम्रो प्रश्नमा साम्बाले मुस्कुराउँदै फर्काएको उत्तर हो यो ।

हो, फुटबल खेल्ने जुत्ता नहुँदा उनले चप्पल लगाएरै खेलिन्, धेरै खेलेर त्यही चप्पल चुट्टिँदा खाली खुट्टै खेलिन् । खेल्ने साथी नहुँदा एक्लै खेलिन् । फुटबल नहुँदा मोजामा कागज खाँदेर आफैले बल बनाएर खेलिन् । तर, यी सबै अभाव गौण भए, उनको अदम्य साहसका अगाडी ।  किनकी माया र पारिवारिक साथको अभाव उनलाई परेन । 

भलै लमजुङको सिमापानी नामक सानो गाउँमा निम्न आय भएको परिवारमा जन्म भएको होस् तर, आफूले सपना पूरा गर्नलाई सपोर्टको अभाव कहिल्यै झेल्नु नपरेको उनी सुनाउँछिन् ।

हो, फुटबल खेल्ने जुत्ता नहुँदा उनले चप्पल लगाएरै खेलिन्, धेरै खेलेर त्यही चप्पल चुट्टिँदा खाली खुट्टै खेलिन् । खेल्ने साथी नहुँदा एक्लै खेलिन् । फुटबल नहुँदा मोजामा कागज खाँदेर आफैले बल बनाएर खेलिन् । तर, यी सबै अभाव गौण भए, उनको अदम्य साहसका अगाडी ।  किनकी माया र पारिवारिक साथको अभाव उनलाई परेन ।

‘बुबाले सधैं साथ दिनुभयो, आमाले चाहिँ धेरै नखेल् भनेर गाली गर्नुहुन्थ्यो,’ साम्बा आफू एपिएफ क्लबमा छानिएर काठमाडौं आउने वेलाको क्षण स्मरण गर्दै अगाडि थप्छिन्, ‘तर, मैले घर छोड्दा सबैभन्दा बढी दुखी आमा नै हुनुहुन्थो ।’

आफ्नो यही फरक अन्दाजका कारण धेरैपटक आफ्ना आफन्तको आलोचना खेप्नुपरेतापनि अहिले यसैलाई आफ्नो ‘स्टाइल स्टेटमेन्ट’बनाएकी छिन् उनले । आजकल ती आलोचकहरु उनलाई टिभीमा देख्दा लालायित हुँदै भन्छन्, ‘ऊ त्यही खैरो कपाल भएकी हो हाम्री साम्बा’। 

१६ वर्षकी छोरी जो सिमापानीभन्दा बाहिरको दुनियाँबाट बेखबर थिइ उसलाई एक्लै शहर पठाउँदा आमाको आँखा रसाउनु स्वभाविक हो तर, आज ५ वर्ष पछाडि तिनै आँखा हर्षका आँसुले भरिन्छन्् । तिनै आँखामा खुसीका मोती दाना फूल्छन् । छोरीलाई टिभीमा देख्दा, उसको फोटो पत्रपत्रिकामा छापिँदा ‘त्यो बेला आफूले उसलाई घरधन्दामा नअल्झाउनुपर्ने रहेछ, चाहेजति खेल्न दिनुपर्ने रहेछ’ शायद यही सोच्दी हुन् साम्बाकी आमा ।

घरकी माइली छोरी भएपनि ‘जेठो’ जस्तै भएर आफूमुनिका भाइबहिनी र बाआमाको जिम्मेवारी लिइरहेको बताउँछिन् साम्बा । यस अर्थमा जति सफल खेलाडी उतिकै असल छोरी हुन् उनी ।

साम्बाको शान …

५ फिट ५ इन्च उचाइ, पातलो शरीर जसमा ‘कर्भ’ भनेको उनको मुस्कान मात्रै हो जुन कमै देखिन्छ किनकी उनी विरलै मुस्कुराउँछिन् । चट्ट ब्वाइजकट स्टाइलमा छाँटिएको कपालको बीच भाग गोल्डेन रङ्गले हाइलाइट गरिएको छ । कपाल मात्रै होइन साम्बाको बोलीचाली, हाउभाउ, लवाइखवाइ सबै केटाकै जस्तो छ । पहिल्यैदेखि । जसकारण साम्बा भीडबाट छुटिन्छिन् ।

‘मैदानमा सबैले आफूलाई परैबाट चिनुन् भनेर हो यस्तो स्टाइल अपनाउनुभएको ?’ हामीले जिज्ञासा राख्यौं । ठ्याक्कै यही कारण नभएपनि आफूलाई भिन्नभिन्न शैलीमा कपाल काट्न, रङ्ग लगाउन खुबै मनपर्ने उनले सुनाइन् ।

‘म आफ्नो लुगामा भन्दा हेयरस्टाइलमा बढी ध्यान दिन्छु,’ हाँस्दै उनले भनिन्, ‘नयाँनयाँ प्रयोग गर्न मन लाग्छ नेमार जस्तै ।’

आफ्नो यही फरक अन्दाजका कारण धेरैपटक आफ्ना आफन्तको आलोचना खेप्नुपरेतापनि अहिले यसैलाई आफ्नो ‘स्टाइल स्टेटमेन्ट’बनाएकी छिन् उनले । आजकल ती आलोचकहरु उनलाई टिभीमा देख्दा लालायित हुँदै भन्छन्, ‘ऊ त्यही खैरो कपाल भएकी हो हाम्री साम्बा’।

‘मान्छे सफल भएपछि उसका सबै कुरा पचाउँदो रहेछ समाजले’,आफ्नो पहिरन र हाउभाउको आलोचना गर्नेहरु नै आफ्नो प्रशंसक भएको देखेर यस्तै लाग्न थालेको छ साम्बालाई । र समयले उनलाई राम्ररी सिकाएको छ अब आफ्ना लागि भन्दा बढी देशका लागि खेल्नुछ । देशका लागि सोच्नुछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?