शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । मंगलवार दोहोरो अङ्कको वृद्धि भएको शेयर बजार बुधवार भने सामान्य अङ्कले मात्र वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २ दशमलब ०१ बिन्दुले बढेर एक हजार १६५ दशमलब ८४ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलब ५७ बिन्दुले बढेर २४८ दशमलब ७२ बिन्दुमा पुगेको छ । 

धितोपत्र बजारमा बुधवार कूल १ सय ७० कम्पनीका २० लाख २९ हजार १५ कित्ता शेयर ५४ करोड ५८ लाख १८ हजार ६ सय १९ मा खरीद बिक्री भए । कारोबार भएका दश उपमूहमध्ये बुधवार दुई उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । 

बैंकिङ ४ दशमलब ५३ र विकास बैंक ६ दशमलब ११ बिन्दुले बढ्दा होटल १५ दशमलब ८१, जलविद्युत् ३ दशमलब ९६, वित्त २ दशमलब ०३, निर्जीवन बीमा ६ दशमलब ६१, उत्पादन ५ दशमलब १२, अन्य ० दशमलब ९२, लघुवित्त २ दशमलब ३९ र जीवन बीमा ३ दशमलब ८३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शेयधनीले ४ दशमलब ६४ प्रतिशतले कमाएका छन् । त्यस्तै कन्काई विकास बैंकका शेयरधनीले ४ दशमलब १३, लक्ष्मी इक्युटी फण्डका शेयरधनीले ३ दशमलब ८८, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर धनीले २ दशमलब ८३ र साङ्ग्रिला विकास बैंकका शेयरधनीले २ दशमलब ८० प्रतिशतले कमाएका छन् । 

त्यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९ दशमलब ८४, सिन्धु विकास बैंकका शेयरधनीले ४ दशमलब ९२, घलेम्दी हाइड्रो लिमिटेटका शेयरधनीले ४ दशमलब ६३, हिमालय पावर पार्टनर लिमिटेडका शेयरधनीले ३ दशमलब ६८ र भागर्व विकास बैंकका शेयरधनीले ३ दशमलब ६८ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?