मुक्तिनाथ विकाश बैंकद्वारा हावाहुरी प्रभावित बासिन्दालाई सहयोग प्रदान

काठमाडौं । मुक्तिनाथ विकाश बैंकले हावाहुरी प्रभावित जिल्ला बाराका बासिन्दालाई सहयोग प्रदान गरेको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चैत १७ गते राती आएको हावाहुरीबाट प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग प्रदान गरेको हो । 

बैंकले बाराको परवानीपुर गाँउपालिका वडा नं ४, रामटोल दलितवस्तीका पीडितहरुलाई सहयोग गरेको हो । बैंकले १ सय ४५ घरधुरीका पीडितहरुलार्इ एक थान झुल, सय थान म्याट्रेस तथा एक सय थान नै टेन्ट विरतण गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?