प्रहरी प्रधान कार्यालयद्वारा डिएसपीको काज सरुवा, को कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डिएसपी)को काज सरुवा गरेको छ । 

प्रहरी प्रधान कार्यालयले तीनजना डिएसपीको काज सरुवा गरेको हो । 

इलाका प्रहरी कार्यालय चितवन टाँडीको इञ्चार्जमा डीएसपी सन्तोष आचार्यलाई पठाइएको छ । टाँडीमा कार्यरत डिएसपी दयानिधि ज्ञवाली प्रहरी प्रधान कार्यालयमा काज सरुवा गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी प्रकाश सापकोटालाई पठाइएको छ । बाँकेमा कार्यरत राजेन्द प्रसाद अर्याल बाँकेस्थित दंगा नियन्त्रण गणमा सरुवा गरिएको छ । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा डिएसपी श्यामु अर्याललाई पठाइएको छ भने पर्वतमा कार्यरत डिएसपी भुवनेश्वर तिवारीलाई प्रहरी प्रधान कार्यालयमा बोलाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?