सहकारी ठगीमा पक्राउ परेका सुधीर बस्नेतविरुद्ध मुद्दा चलाइँदै

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतविरुद्ध प्रहरीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउने भएको छ । 

बुधवार साँझ बानेश्वर भीमसेन खोलाबाटपक्राउ परेका बस्नेतविरुद्ध मुद्दामा प्रहरीले ४ अर्ब ९९ करोड १३ लाख ८१ हजार ३ सय ३४ रुपैयाँ विगो दाबी कायम हुने भएको छ ।  

प्रहरीले सहकारी ऐन २०७४ को दफा १ सय २२ अनुसार मुद्दा चलाउने गरी काठमाडौं जिल्ला अदालतमा लैजाने तयारी शुरु गरेको छ । 

समस्याग्रस्त सहकारीसम्बन्धी छानविन कमिटीले दिएको प्रतिवेदनका आधारमा बस्नेतलाई  पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र वोगटीले जानकारी दिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?