यस्तो देश, जहाँ सूर्य अस्ताउँदैन् (फोटोफिचर)

'जुन त लाग्यो ताराले, मन त लग्यो मायाले'

नेपाली चलचित्र दुई थोपा आँशुको यो गीत अहिले पनि  युवापुस्ताले गुनगुनाउछन् । 

सूर्यको किरण दिनमा मात्र देख्न सकिन्छ । तर, सुन्दा अच्चम लाग्न सक्छ विश्वमा यस्तो पनि देश छ जहाँ रातको समयमा सूर्यको न्यानोपन महशुस गर्न सक्छौं । 

हो, नर्वेमा रातको समयमा पनि सूर्यको किरण देख्न सकिन्छ । युरोप महादेशको सुन्दर देश मध्यको एउटा देश हो, नर्वे । 

नर्वेको उत्तरी केपमा केहि हप्ताको लागि मध्यरातमा पनि सूर्य देखिन्छ । रातिको समयमा सूर्यको मनमोहक प्रकाशलाई नियाल्दा समय बितेको पत्तो नै हुँदैन् । 

विश्वमा घाम नअस्ताउने देश भनेर पनि नर्वे परिचित छ । रातको समयमा सूर्यको किरण हेर्नेहरुको घुइँचो लाग्ने गर्दछ । प्रेम जोडीहरुको लागि यो उपयुक्त समय हो जहाँ उनीहरु घण्टौ समय बिताउँन सक्छन् । 

चन्द्रमाको समय रात भनेर परिभाषित गरिरहँदा रातको समयमा सूर्य साच्चै आश्चर्यको कुरा हो । रातीको समयमा सूर्यको प्रकाशले सबैको मनमा आन्नद भर्छ । सबैलाई एकसाथ जोड्छ ।

 तस्वीर: गुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?