ला लिगा फुटबलमा सेभियाको सहज जीत

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभियाले सहज जीत हात पारेको छ । 

बिहीवार राति सम्पन्न भएको खेलमा सेभियाले डिपोर्टिभो अल्भेसलाई २-० ले पराजित गरेको हो ।

सेभियाको जितमा रोक्यु मेसा र पाब्लो साराबियाले समान एक-एक गरेका थिए । मेसाले खेलको ४१ औँ मिनेटमा तथा साराबियाले ८० औँ मिनेटमा गोल गरेका थिए । यो जीतपछि सेभियाले ३० खेलबाट ४६ अंक बनाउँदै लिगको छैटौं स्थानमा छ । 

त्यस्तै बिहीवार राति नै भएको अर्को खेलमा लेगानेसले रियल भालाडोलिटलाई १-० गोल अन्तरले तथा  रियल सोसीडाडले रियल बेटिसलाई २-१ गोल अन्तरले पराजित ग-र्यो । अहिलेसम्मको अंक तालिकामा बार्सिलोना ७० अंकका साथ लिगको शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडको ६२ अंक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?