छापाखाना आगलागीहुँदा  ३० लाखको क्षति

गौशाला । महोत्तरीको जलेश्वरमा आज बिहान एक छापाखानामा आगलागी हुँदा  ३० लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका–२ स्थित

महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गरेका  पशुपति छापाखानामा बिहान करीब ५ः३० बजे विद्युत् सर्ट भई आगलागी हुँदा  ३० लाख बराबरको क्षति भएको हो ।

सो आगलगीमा परी छापाखानाको फ्लेक्स प्रिन्टर मेशिन, छापाखानाको ठूलो र सानो मेशिन, कागजपत्र, अन्य स्टेशनरी, फर्निचर तथा अन्य सरसामानसहित  ३० लाखको सरसामान जलेर नष्ट भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

छापाखानामा लागेको आगलागी जलेश्वर नगरपालिकाको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा ६ः३० बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?