स्वरुपराज आचार्य र बिन्दु परियारको ‘नदेखेको धेरै भयो’मा देखियो यस्तो प्रेम वियोग

काठमाडौँ । चर्चित गायक तथा संगीतकार स्वरुपराज आचार्य र गायिका बिन्दु परियारको स्वर रहेको नयाँ गीत नदेखेको धेरै भयो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा चुर्लम्म डुबेको जोडीले एक अर्कालाई केही समय नदेखे के हुन्छ भन्ने मर्मलाई देखाइएको भिडियोमा महेश खड्का र इस्तु कार्कीको जीवन्त अभिनय रहेको छ ।

किशोर अवस्थामा जानेर वा नजानेर गरिने र प्रेम र त्यसले पाउने गहिराईलाई मुख्य कथा बनाएर निर्माण गरिएको भिडियोमा हरेक प्रेमील जोडीको कथालाई जस्ताको त्यस्तै देखाइएको छ । चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको छ भने इश्वर श्रेष्ठको शब्द शृजना रहेको छ । नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको भिडियोमाको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?